१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एएफसी यू–१७ एशियन कप छनोटमा नेपाल पराजित



काठमाडौं । एएफसी यू–१७ एशियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएकाे छ ।

भियतनाममा जारी छनोटमा आज बुधबार नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको हो । थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरेका थिए । त्यस्तै थानाक्रित जाम्पालीले एक गोल गरेका हुन् । खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाएकाे छ । यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युट खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३–० गोल अन्तरको जित दिलाएका हुन् । जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ ।

यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्ने भएकाे छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *