काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर चेकजाँच थालिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि थप सर्तकता अपनाउनु पर्ने भएको छ ।
कोरोना देखिएपनि स्वास्थ्यमा अहिले केही सुधार देखिएको चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया