७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहासी छोरी लक्ष्मी



नेपाली राजनीतिमा महिलाहरु अहिले पनि अवसरबाट बञ्चित छन् । युवा समूहका महिला त झन असाध्यै थोरै मात्र अवसरमा पुगेका छन् ।

तर उदाहरणका लागि हेर्दा हरेक ठाउँमा युवा महिलाहरुले नेतृत्वले भन्दा अझ धेरै खटनपटन गरेको देखिनु चाहि उत्साह मान्नु पर्दछ ।

यस्तै उत्साह बोकेर राजनीतिमा संघर्ष गरिरहेकाहरु मध्येकी युवा महिला हुन् कांग्रेसकी युवा नेता लक्ष्मी बोगटी ।

उनी नेपाली काग्रेसमा आवद्ध छन् । हुन त उनका लागि चुनौती र अवसर उतिकै छन् । हरेक पाइला,पाइलामा आउने चुनौती र अवसरलाई साहसका साथ उनी आफ्नो गन्तब्यमा छन् ।

पछिल्लो समय नेपाली महिलाहरु तुलनात्मक रुपमा धेरै अगाडि बढिसकेका छन् । समय परिस्थिति फेरिए अझैँ समाजमा महिलालाई हेर्ने नजरिया परिर्वतन आएको छ ।

ढिल्लै भएपनि पुरुष–प्रधान देशमा महिलालाई हरेक क्षेत्रमा पाइला चाल्न सहज हुँदै गएको छ । महिला कमजोर हुन्छन् । केहीँ गर्न सक्दैँनन्,‘सोच्ने दृष्टिकोणमा परिर्वतन आएको छ ।

पछिल्लो समय अप्ठ्यारा तथा चुनौतीपूर्ण काम गर्ने महिला दिदीबहिनीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । महिलालाई कमजोर सोच्ने नजरियालाई चुनौती दिँदै अग्ला–अग्ला हिमाल चढ्ने, कायाकिङ गर्ने, अग्ला पहाडमा साइकल कुँदाउने, पहिरो तथा ठूला–ठूला बिल्डिङ एवं पहाड फोड्ने, बस चलाउने लगायतका साहसी काम सबैले देखेकै छन् ।

महिलाहरू जस्तोसुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा रिस्क लिन सक्षम छन् भन्ने कुरा प्रमाणित गरिसकेकी छन् । यतिमात्र होइन् संसारको सबैभन्दा सर्वाेच्च शिखर सगरमाथा चढ्ने नेपाली महिलाको संख्या पनि बढ्दो छ ।

त्यसैले पनि महिलाहरु कमजोर छैन भन्ने यी थप्रै ज्वलन्त उदारण हुन् । यस्तै तीन पटक सगरमाथा आरोहण गरिसकेकी माया शेर्पा साहसी महिला हुन् ।

रोमाञ्चक तथा कष्टकर साइकल यात्रा गर्ने अर्की साहसी महिला हुन् लक्ष्मी मगर । पहाडमा पुरुषसरह साइकल कुदाएर आफ्नो नाम उच्च राख्न सफल छिन् ।

अवसर पाए जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि अघि बढ्न सक्छन भन्ने ज्वलन्त उदाहरण हुन् डोजर चालक मुना घिमिरे श्रेष्ठ । डोजर चालक पुरुष मात्र देखिए पनि महिला पनि कम छैनन् भनेर प्रमाणित मुनाले गरेकी छिन् ।

यसै गरी पुरुषसँगै हातमा हात र काँधमा काँध मिलाएर अघि बढेकी ठूला बस चलाउने महिला रेविका थापाको आँटलाई पनि कम मान्न सकिँदैन ।

लक्ष्मीलाई पनि यी थुप्रै साहसी महिलामा पात्र सँग दाज्न मिल्छ । जो कम्युनिस्टको किल्लामा कांग्रेसको बलियो खम्बा हुन् ।
काठमाडौँबाट सयौँ कोष टाढा सुदूरपश्चिमको पनि अछाम जिल्ला मंगलसेन नगरपालिका ३ लाछिमानामा जन्मेकी लक्ष्मी साहसी र एक लिडर नेत्रीमा पर्दछन् ।

साामान्य परिवारमा जन्मेकी लक्ष्मीले सानै उमेरदेखि आफ्नो पढाई सँगसँगै राजनीति क्षेत्रमा होमिएकी थिइन् । अन्याय र अत्याचारविरुद्ध खरो उत्रिने लक्ष्मी कलिलै उमेरमा राजनीति क्षेत्रमा चम्किँदै गएकी पात्रा हुन् ।

पुरै गाउँ कम्युनिस्टमय भएको बेला कांग्रेसको बिउँ रोप्दै विगुल फुक्दै हिँड्न लक्ष्मीलाई कम्ता गाह्रो थिएन । हरेक समस्या समाधान र हरेक चुनौतीमा अवसर देख्ने लक्ष्मीले कांग्रेसको प्रतिनिधित्व गर्दै कांग्रेसलाई स्थापित गराएकी छन् ।

दुर्गम क्षेत्रमा जन्मिएर कम्युनिस्टमय गाउँमा कांग्रेसलाई स्थापित गराउँने लक्ष्मीको साहस पनि कम्ताको होइन् । उनी आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेका छन् र सफल पनि भएका छन् ।

नेपाली काङ्ग्रेस निकट भातृ संघ नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेकी लक्ष्मीमाथि कांग्रेस नेतृत्वले आशा राख्यो । २०७९ को स्थानीय तह निर्वाचनमा मंगलसेन नगरपालिका उपप्रमुखको उम्मेदवार बनाउने तयारी गर्यो ।

पछि सत्ता गठबन्धन कायम राख्नु पर्ने भएकाले नेतृत्वले लक्ष्मीको टिकट एकीकृत समाजवादीको भागमा पर्यो । तर, सो नगरपालिकामा अन्तरघातका कारण सत्ता गठबन्धनले जित भने हात पार्न सकेन् ।
कांग्रेसले लक्ष्मीलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रदेशसभातर्फको समानुपातिक उम्मेदवार बनाउन चाहेको थियो ।

तर, लक्ष्मीको उमेर २४ वर्ष नपुगेकाले उनले टिकट पाइनन् । कलिलै उमेरमा राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाउन सफल लक्ष्मी नयाँ नेतृत्वको पक्षधर हुन् ।

कान्छी महिला नेत्री लक्ष्मीले विकास र निकासको लागि युवाँ नेतृत्व आवश्यक रहेको भन्दै बहस पनि चलाई रहेकी छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *