१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुराना दलहरूका अघि राष्ट्रिय स्वतन्त्र पार्टीको चमत्कार



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछानेले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए भने, मंगलबार सम्पन्न मतपरिणामअनुसार उनले ५४ हजार १७६ मत पाएका छन् ।

गत मंसिरमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २० सिट हात पारेको रास्वपाले एक सिट थप्न सफल भएको छ । रविसँगै तनहुँ १ बाट अर्थविद डा स्वर्णिम वाग्लेले पनि चुनाव जितेका छन् । अब संसदमा रास्वपाको २१ जना सांसद हुनेछन् ।

लामिछानेको संसदमा धमाकेदार ‘इन्ट्री’ भएसँगै सत्तामा समेत उनको बलियो दाबी रहन सक्नेछ । तर, उनले सरकारमा जानुको औचित्य सकिएको बताएका छन् । उनले आजै मात्र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने संकेत गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *