पाल्पाको तिनाउ गाउँपालिका –३ वसन्तपुरमा बुटवलको गोलपार्कदेखि वसन्तपुर जोड्ने लुम्बिनी केबलकारसञ्चालनमा आएको छ।
बुटवल उपमहानगरपालिका –३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका –३ वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाई कूल दुई किलोमिटर ६ सय मिटर रहेको छ । लुम्बिनी केबलकार प्रालिको पहिलो चरणको परियोजनाको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको छ ।
केबलकारमा आइएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको छ ।
प्रतिक्रिया