अछाम । अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मानित भएको छ। प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा गाउँपालिकालाई शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उत्कृष्ट गाउँपालिकाको सम्मान प्रदान गरिए
नेपालको विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने उक्त सम्मानका लागि गाउँपालिकालाई छनोट गरिएको हो। विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षाविद् तथा सञ्चारकर्मीमध्ये योग्यता, उपलब्धि, प्रभाव, नेतृत्व, नवप्रवर्तन र शिक्षा क्षेत्रमा पु¥याएको वास्तविक योगदानका आधारमा सम्मानित गरिने आयोजकले जनाएको छ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभाहल, बिभाहार पोखरीमा मंसिर ४ गते आयोजित कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका तर्फबाट सम्मान तथा पुरस्कार ग्रहण गरिएको हो। गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले सम्माननीय पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार ग्रहण गरेका थिए। कार्यक्रममा भुटानका पूर्वशिक्षामन्त्री ठाकुर सिंह पौडेललगायतको उपस्थिति रहेको थियो।
सम्मान प्राप्त भएपछि गाउँपालिकाका अध्यक्षले शिक्षाको क्षेत्रमा काम गर्ने जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रका सरोकारवालाको सामूहिक प्रयासको प्रतिफलका रूपमा यस उपलब्धिलाई लिएको बताएका छन्।
उनले गाउँपालिकालाई उत्कृष्ट बनाउन योगदान पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा शिक्षाप्रेमीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
शिक्षा क्षेत्रको विकास, विद्यालयको गुणस्तर सुधार, शैक्षिक नेतृत्व र नवीन अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको यस सम्मानलाई तुर्माखाँद गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।











प्रतिक्रिया