९ मंसिर २०८३, मंगलबार | Nov 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा नेपाली सेनाको फायरिङ अभ्यास सम्पन्न



अछाम । नेपाली सेनाले अछामको मंगलसेन नगरपालिका–५ स्थित पालेवन सामुदायिक वनको फायरिङ रेञ्ज इलाकामा सञ्चालन गरेको दुईदिने फायरिङ अभ्यास सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले सूचना जारी गर्दै गोरखबक्स गण, मंगलसेन ब्यारेक अछामद्वारा फायरिङ अभ्यास सञ्चालन गरिने जानकारी दिएको थियो । सोहीअनुसार सोमबार र मंगलबार दुई दिन उक्त क्षेत्रमा फायरिङ अभ्यास सञ्चालन गरिएको हो ।

फायरिङ अभ्यासका क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै अभ्यास हुने क्षेत्र तथा आसपासका स्थानमा सर्वसाधारण र पशुचौपायाको आवतजावतमा रोक लगाइएको थियो । अभ्यास अवधिभर मानवीय तथा पशुचौपायाको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन आग्रह गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र सिंह बिष्टद्वारा जारी सूचनामार्फत जिल्ला प्रशासन कार्यालयले फायरिङ अभ्यास हुने स्थान र आसपासका क्षेत्रमा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको थियो ।

नेपाली सेनाले गर्ने यस्ता अभ्यासका क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा र सर्वसाधारणलाई पूर्वजानकारी गराउँदै आवागमनमा रोक लगाइएको थियो । दुई दिनसम्म सञ्चालन भएको फायरिङ अभ्यास सम्पन्न भएसँगै उक्त कार्यक्रम पनि सकिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, मंगलबार  ६ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *