काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४४ नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ ।आज ४८ जना संक्रमित निको भएका छन् ।