काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केहि दिनअघि भाटभटेनीका मालिकसहित ७ जनालाई पक्राउ गरेपछि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको चर्चा चुलिएको छ । सरकारको स्वामित्वमा रहेको ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको छ । काठमाडौं र भक्तपुरका मालपोतमा कार्यरत १० जना…