कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गाउँपालिकाको समग्र पक्षको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । गाउँपालिकाको वडा नं.–३ स्थित ‘आरोमा वेथलेहेन’ चर्च भवनको शनिबार शिलान्यास गर्दै अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार विकास निर्माणका कामहरु भइरहेको दाबी गरे । सो अवसरमा अध्यक्ष कुँवरले जनताको जनमत खेर जान नदिन आफू प्रतिबद्ध रहेको…