स्याङ्जा । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीको विरोध गर्दै पुतलीबजारमा प्रर्दशन गरिएको छ। पुतलीबजार नगर कमिटी युवा संघले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन्। गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि सोमबार बिहान उनी रिहा भएका हुन्। एमालेको भातृ संगठन युवा संघसहित एमाले नेता सम्मिलित समूहले प्ले कार्ड…