काठमाडौं । पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । उनी यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक थिए । दाशानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक राजीना दिएको केहि समयमै उनी क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।
क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई पनि दिएको छ ।
नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी दिएका थिए।
४ श्रावण २०७९, बुधबार
0
Shares
प्रतिक्रिया