४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षकै अगाडि कुटिए गाउँपालिका प्राविधिक



रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रविधिक दीपक शाह माथि कुटपिट भएको छ । उनलाई तरुण दल बाँफिकोटका अध्यक्ष राजु शाहीले कुटेका हुन् ।
गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अगाडि शाहीले इन्जिनियर शाहलाई कुटपिट गरेको गाउँपालिकाका कर्मचारीहरूले बताएका छन् ।
शाहीले मोरावाङ–दोमई सडकको आफूले भनेअनुसार मूल्यांकन नगरेको भन्दै शाहमाथि कुटपिट गरेको बताइएको छ ।
ठेकेदार शाहीले ठेक्का लागेअनुसारको मूल्यांकन गर्न भनेको तर जति काम भएको हो त्यतिको मात्र मूल्यांकन गर्दा प्राविधिकमाथि कुटपिट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले बताए । यो सडक निर्माणको काम शाहीले गरिरहेका छन् । प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् ।
कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *