६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दै



काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (आइतबार) दोस्रो अभ्यास खेल खेल्दै छ । खेल बेलुकी सवा ७ बजेदेखि सुरु हुने भएको छ ।  

टि–२० फर्म्याटमा नेपालले खेल खेल्न लागेको हो । यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ ।

ad

नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने भएको छ ।  

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *