१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘खलंगामा हमला’माथि सिनेमा बन्ने



जुम्ला । तत्कालीन द्वन्द्वकालमा माओवादीले २९ कात्तिक ०५९ मा जुम्ला सदरमुकाम खलंगामा आक्रमण गर्दा भौतिक संरचनादेखि धेरै ठूलो मानवीय क्षति भएको थियो । यही आक्रमणको अनुभव सँगालेर शान्ति अभियन्ता राधा पौडेलले पुस्तक तयार पारेकी थिइन् ।

पौडेलको आत्मसंस्मरण ‘खलंगामा हमला’ले २०७० सालमा मदन पुरुस्कार पनि पाएको थियो । यही पुस्तकको कथामाथि अब सिनेमा बन्ने भएको छ । अंग्रेजी शीर्षकचाहिँ ‘जुम्ला : अ नर्सेज स्टोरी’ राखिएको छ । सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले खलंगामा आक्रमण गर्दा एक नर्सले भोगेको त्रासदीपूर्ण अनुभव पुस्तकमा छ ।

ad

फिल्म निर्माण कम्पनी विष्ट ब्रदर्सले पुस्तकमाथि फिल्म निर्माणको अधिकार खरिद गरेको हो । निर्देशक तथा निर्माता विनोद विष्टले यसै वर्षभित्र फिल्म निर्माण सुरु हुने बताए । यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’मा आधारित रहेर फिल्म बनाएका विष्टले यसपटक पनि पुस्तकमै आधारित प्रोजेक्ट रोजेका छन् ।

‘मलाई वास्तविक कथामा आधारित फिल्म मन पर्छ । पुस्तकमा लेखिएका कुरालाई सबैले जान्न जरुरी छ,’ निर्देशक विष्टले भने, ‘कसरी युद्धको त्रासदीमा एउटी नर्सले काम गर्न सक्छिन् भन्ने सन्देश यसले दिन्छ । यो प्रेरणादायी कथा हुनेछ ।’

निर्देशक विष्टले ‘खलंगामा हमला’ पुस्तकले मनमा छोएको बताए । उनले लेखिका पौडेललाई सम्पर्क गर्न दुई वर्ष लागेको बताए । ‘मैले पुस्तक पढिसकेपछि राधाजीलाई सम्पर्क गर्ने धेरै कोसिस गरेँ । कसैले उहाँ अमेरिका हुनुहुन्छ भनिदिएँ । तर, पनि मैले गुगल सर्च गरेरै भए पनि उहाँसँग सम्पर्क गरेँ’, निर्देशक विष्टले भने, ‘सम्पर्क नम्बर पत्ता लाग्नेबित्तिकै पुस्तकमाथि चलचित्र निर्माण गर्छु भने । तर, अन्यले जस्तो सीधै अनुमति दिनुस् चलचित्र बनाउँछु भन्ने तरिकाले अफर गरिन् । तपाईंको पुस्तकमा यी कुरा मैले विशेष पाएँ भनेर प्रस्ताव राखेँ ।’

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *