१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेसासको अध्यक्षमा संगमकाे उम्मेदवारी घोषणा



काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे केन्द्रीय कार्यसमितिको अध्यक्षमा साहित्यकार सुनील संगमले उम्मेदवारी घोषणा गरेका छन् । हाल बेलायतमा रहेका संगमले आफूले विगतमा इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष भएर काम गरिसकेको र हाल उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेकाले आफू अध्यक्षको दाबेदार रहेको जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)काे केन्द्रीय कार्यसमितिको २०२२–२०२४ का लागि हुन गइरहेको निर्वाचनमा मैले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको सहर्ष जानकारी गराउँदछु । २००८ देखि इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष हुँदै हालको दुई कार्यकाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेको लामो अनुभव अनि यहाँहरूको अमूल्य सल्लाह सुझावअनुरूप आगामी दिनहरूमा काम गर्ने प्रण गर्दै यहाँहरूको साथ, सहयोग र आशीर्वादका लागि विनम्र अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

ad

अनेसासको नयाँ नेतृत्व चयनका लागि यही असार २५ गते निर्वाचन हुँदै छ । निर्वाचनमा विश्वभर छरिएर रहेका अनेसास च्याप्टरका सदस्यहरूले अनलाइन भोटिङ गरेर नयाँ नेतृत्व चुन्नेछन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *