काठमाडाैं । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पुस्तकलाई प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कारमा १५ पुस्तकको सूची सार्वजनिक भएको छ । प्रतिष्ठानले ०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायकमण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
जीवा छामिछाने अध्यक्ष रहेको उक्त प्रतिष्ठानले उत्कृष्ट पुस्तक चयनका लागि राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामालाई निर्णयक समितिमा राखेको थियो । ०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा एक सय ४४ पुस्तक प्राप्त भएका थिए। यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीको लागि निर्णायक समितिले प्रतिष्ठानलाई पन्ध्र कृति सिफारिस गरेकाे हो ।
जसमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्काे भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि, राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, लोकराज भट्टको छाइल, दिलीप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखामा हिमाल, उषा हमालको भिक्षुसँग प्रेम, डा. विप्लव ढकालको भोजपुरको वाङमय, वसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको संग्राहलय र गिरीश गिरीको सत्यमोहन नामक पुस्तकको सूची सार्वजनिक भएको हो ।
प्रतिक्रिया