६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रबिना टण्डनले भनिन्, ‘मुम्बईका बसमा म माथि दुर्व्यवहार भएको थियो’



मुम्बई। बलिउड अभिनेत्री रविना टण्डनले किशोरावस्थाको समयमा मुम्बईको लोकल बसमा आफूमाथि दुर्व्यवहार भएको खुलाएकी छन्।

रविनाले सामाजिक सञ्जालमार्फत आफू माथि दुर्व्यवहार हुँदा पनि सामान्य मध्यम वर्गीय केटीले जस्तै संघर्ष गरेको र त्यस्ता शारीरिक शोषणको सामना गरेको लेखेकी छन्।

रविना टन्डनले भर्खरै महाराष्ट्रका नयाँ उपमुख्यमन्त्री देवेन्द्र फडणवीसको मेट्रो ३ कार शेडलाई आरे क्षेत्रमा सार्ने निर्णयमा आफ्नो राय व्यक्त गरेकी हुन्। रविनादेखि दिया मिर्जाजस्ता सेलिब्रेटीहरू आरे क्षेत्रमा जंगल काटेर त्यहाँ आरे मेट्रो ३ कार शेड निर्माणको विरुद्धमा छन्।

यस विषयमा एक प्रयोगकर्ताले रविना र दियासहित धेरै सेलिब्रेटीहरूलाई ट्याग गर्दै लेखेका छन्- उनीहरूलाई मुम्बईका मध्यमवर्गीय मानिसहरूको संघर्षबारे कुनै जानकारी छ कि छैन ?’ यसको जवाफमा रविनाले लेखेकी छिन्, -किशोर उमेरमा मैले लोकल ट्रेन र बसमा पनि यात्रा गरेको छु। म पनि धेरैचोटि दुर्व्यवहारमा परेको छु, मलाई चिमटियो, मलाई सबै कुरा भयो, जुन अधिकांश केटीहरू र महिलाहरू छन्।’ साथै उनले आफूले पहिलो पटक सन् १९९२ निजी सवारी साधन(कार) किनेको पनि लेखेकी छन्।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ५३ बजे