८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकामा  प्रवीण गुरुङ स्मृति दोहोरी प्रतियोगिता 



कास्की । अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा वरिष्ठ लोकगायक स्व. प्रवीण गुरुङको स्मृतिमा दोहोरी गीत तथा भलिबल प्रतियोगिता आयोजना गरेको छ । मंगलबारदेखि शनिबारसम्म चलेको प्रतियोगितामा दोहोरी गीततर्फ लालीगुराँस दोहोरी समूह प्रथम, दोहोरी गीत प्रतिष्ठान महेजा एकाइ दोस्रो र ईश्वर खड्का समूह तृतीय भएका छन् ।

लुम्लेका स्थानीय श्रीभद्र पौडेलका अनुसार भबिलबतर्फको भने अन्तिम खेल हुन बाँकी छ । गाउँपालिकास्तरीय भालिबल प्रतियोगितामा सुनगाभा क्लब, घान्दु्रक क्बललगायतका स्थानीय क्बल सहभागी छन् ।  

ad

कार्यक्रममा लोकगायक धनबहादुर गायकलाई मराणोपरान्त ११ हजार एक सय एक रुपैयाँद्वारा सम्मान गरिएको थियो । यसैगरी, अर्का गायक नवीन गुरुङलाई पनि ११ हजार एक सय एक रुपैयाँ र जीवन दहाललाई दश हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । 

दाजुभाइ दिदीबहिनी समाजको संयोजकत्वमा भएको कार्यक्रमलाई अन्नपूर्ण गाउँपालिकाले सहयोग गरेको थियो । स्थानीय पौडेलले भने, ‘लोकगायक स्व. प्रवीण गुरुङको स्मृतिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा दोहोरी गीत प्रतियोगितासहित भलिबल प्रतियोगिता पनि आयोजना भएको छ । दोहोरी गीतको फाइनल भइसक्यो भने भलिबलको भने फाइनल खेल बाँकी छ । कार्यक्रममा तीनजना गायकलाई सम्मान गरिएको छ ।’ 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *