काठमाडौं । ‘तोडेर यथास्थीति सबले रुपान्तरण रोजौं
रुपान्तरणका लागि अब नयाँ विधि खोजौं
नयाँ सोचलाई साकार पार्न चाहिन्छ थिती
रुपान्तरणकोलागि खोजौ प्रसंसनीय विधी’
यी गीतका शब्द डाक्टर रामचन्द्र लामिछाने (आरसी) का हुन् । भर्खरै सार्वजनिक भएको उनको ‘एप्रिसिएटिभ ईन्क्वारी’ गीतले प्रशंसनीय खोजबारे बोलेको छ ।
घर, समाज र विभिन्न संरचनामा जताततै नकारात्मक प्रवृति बढ्न थालेपछि लामिछानेले व्यक्ति तथा संस्थाहरूका सवल पक्षहरू एंव सफलताका कारणहरूको खोजी, नयाँ लक्ष्य निर्धारण, जीवन तथा संरचनाको नयाँ मार्गचित्र बनाएर सोही बमोजिम कार्ययोजना बनाई कार्यान्वयन गरे व्यक्तिको जीवन तथा संस्थामा आमूल सकारात्मक रूपान्तरण आउनसक्छ भन्ने सन्देश यो गीतमा दिएका छन ।
वरिष्ठ संगीतकार नरहरि प्रेमीको संगीत रहेको यो गीतमा नरहरि प्रेमी र सुजीता राई लगायतले स्वर भरेका छन् । लामो समयदेखि योजना तर्जुमा, शान्ति निर्माणकर्ता, सञ्चार तथा प्राकृतिक स्रोतसाधन व्यवस्थापनका क्षेत्रमा सक्रिय रहदै आएका लामिछाने कयौं व्यक्ति र संरचना बारे अध्ययन गरेर आफु सहभागि तालिम तथा योजनातर्जुमा प्रक्रियामा प्राप्त अनुभवहरूलाई समेटेर यो गीत तयार गरेको उनले नेपाली अक्षरलाई बताए ।
प्रशंसनीय खोजबारे नेपालका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रशिक्षण दिँदै आएका लामिछाने जीवन रूपान्तरण गर्न चाहने सबैका लागि यो गीत मार्गनिर्देशक हुने बताउँछन् । उनले विगत २० वर्षदेखि प्रसंशनीय खोज विधि एप्रिसियटिभ ईन्क्वारी को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका छन् ।
एप्रिसिएटिभ इन्क्वारीको सञ्जाल संसारभरि नै भएपनि यस विषयको यो नै पहिलो गित रहेको समेत उनले बताए । यो गीतमा उनले देशभित्र र बाहिर संचालन गरिएका करिब चारसय भन्दा वढी कार्यशाला तथा तालिमहरूमा सहभागिहरुका भोगाइ प्रस्तुत गरेका छन् । यस गीतले सहभागीहरूलाइ विषयवस्तु बुझ्न सहज हुने उनको तर्क छ ।
उनका अनुसार जीवन वा संस्थालाइ अगाडी वढाउने विधीलाइ एप्रिसियटिभ इन्क्वारी भनिन्छ । सन १९८८ मा अमेरीकाको केसवेस्टर्न विश्वविद्यालयको वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसर डेभिड कुपरराइडरले यस विधीलाइ प्रतिपादन गरेको तथ्य छ । लामिछानेले सन् २००७ मा सो विश्वविद्यालयवाट सर्टिफिकेशन कोर्स समेत गरेका थिए भने विद्यावारीधीको क्रममा यस विधीको प्रयोग समेत गरेका थिए ।
११ फागुन २०२९ सालमा रुपाकोट–६ कास्की जिल्लामा जन्मिएका लामिछानेले यसअघि पनि सकारात्मक उत्प्रेरणा जागाउने हामी सबैले सक्दछौं तथा सकारात्मक सोचको ‘बा’ भन्ने भोजपुरी गीत सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया