१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदेऊ खुसिको तकिया…



गजल

नदेऊ खुसिको तकिया दुनियाँलाई
सबथोक हो रुपियाँ दुनियाँलाई

तयार भैदिन्छन् बरु कनिका बन्न
अहँ मन पर्दैन बियाँ दुनियाँलाई

चिनी लाग्नेहरू चियापत्ति लाग्छन्
पिलाउन छोडे चिया दुनियाँलाई

आफुलाई सधैँ ठिक भन्छ दुनियाँ
गलत देख्छ दुनियाँ दुनियाँलाई

फलाम हुन ताकेता गरिरहेका छन्
कति मन पर्छ हो खिया दुनियाँलाई ?

नेपाली अक्षरकालागि कमल संघर्षले ३२ असार २०७९ मा लेखेको गजल

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : ३५ बजे