१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिर्खे अञ्जानले पाउने भए युवा वर्ष मोती पुरस्कार



मकवानपुर । जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशिल बिर्खे अञ्जानलाई २०७९ सालको युवा बर्ष मोती पुरस्कार दिइने भएको छ ।


अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना (कविता सङ्ग्रह २०७२) शल्यक्रिया (समालोचना सङ्ग्रह २०७२ ) कठघरामा देश (मुक्तक सङ्ग्रह २०७९) , मकवानपुरका काव्य : अवलोकन र अध्ययन (समालोचना सङ्ग्रह २०७९) एकल कृति प्रकाशित छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सबल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुन् ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्¥याएबापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ समर्पित गर्न लागिएको युवा सेवा कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशी ४० हजार रूपैयाँ रहेको छ ।
उक्त पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कोषका सदस्य सचिव डाक्टर . बिष्णुबहादुर भण्डारीले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *