१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुडी बजारमा ल्याउदै कमल संघर्ष



काठमाडौं । गजलकार कमल संघर्षको नयाँ गजल सङ्ग्रह खुडी प्रकाशन हुने भएको छ । उनको बहुचर्चित गजल सङ्ग्रह सडकपछि खुडी प्रकाशन हुन लागेका हो ।

आगामी दशैं अगावै विमोचन हुने खुडी भित्र समसामयिक परिवेशमा लेखिएका वैचारिक, राष्ट्रप्रेम, प्रेमिलका साथै केही अछामी भाषामा लेखिएका गजलहरु पनि पढ्न पाइने छ ।

यसअघि सडक गजल सङ्ग्रहको दोस्रो संस्करण प्रकाशन गरेको शिखा बुक्स मार्फत नै खुडीको प्रकाशन गर्न लागिएको संघर्षले बताए ।
बिगतमा प्रकाशन गरिएका अन्य गजल सङ्ग्रह र फुटकर रुपमा लेखिएका थुप्रै गजलहरु भन्दा खुडी भित्रका गजलहरु अझै परिस्कृत गरिएकाले यसले पाठकलाई नयाँ उर्जा दिने विश्वास संघर्षले गरेका छन् । अछाम जिल्लामा जन्मिएका संघर्ष गजल लेखन र वाचनमा स्कूले जिवनको प्रारम्भ देखि नै निकै चर्चाको शिखरमा छन् ।

जब गजल वाचनकालागि उनी स्टेज चढ्छन् त्यो बेला दर्शकहरुले हुटिङको ओइरो लगाउछन् । राजधानी काठमाडौं मात्र होइन उनले देशभर जहाँ पुगेर गजल वाचन गरे त्यहाँ उस्तै तारिफ र ‘वान्स मोर’ नभनिएको ठाँउ छैन् । त्यसो त संघर्ष गजल लेखनमा धेरैकालागि प्रेरणा त हुन नै उनी कयौंका गुरु पनि हुन् ।

संघर्षलाई पछ्याउदै गजलका शेरमा दौडिन सुरु गरेका नयाँ पीडिहरु अहिले लेखनको बलियो मार्गमा पुगिरहेका छन् ।
यसले पनि संघर्षले गजलमा ठुलो बजार बिस्तार गरे भन्दा फरक पर्ने देखिदैन् ।

कपोलकल्पना भन्दा पनि सत्य अभिव्यक्तिका गजल लेख्ने संघर्ष अन्तराष्ट्रिय नेपाली गजल प्रतियोगिता २०७१ मा प्रथम हुनुका साथै उनले जोगमाया चापागाई राष्ट्रिय पुरस्कार २०७४ पाए भने मिरमिरे सम्मान २०६९ र २०६५ सालमा अछाम जिल्लास्तरिय कविता प्रतियोगितामा द्वितीय भएका थिए ।
अछाम जिल्लामा बसेर गजल साधना गरेका संघर्ष सानै उमेरमा राष्ट्रिय स्तरमा राम्रो गजलकारको छवि बनाएका श्रष्टा हुन् । उनका गजलका चोटिला शब्द पढ्दा र सुन्दा वरिष्ठ गजलकारहरु पनि खुलेर बयान गर्थे ।

संघर्षका गजल विदेशमा बस्ने नेपालीकालागि समेत उत्तिकै राम्रा लाग्छन् । उनले आफैले कयौं पटक कुरियर र हुलाक अनि ईमेल र फेसबुकबाट आफ्ना गजलहरु देशबाहिर पठाएको सम्झना छ ।
गजलमा संघर्षको लोकप्रियताकै कारण परिणाम स्वरुप उनको सडक नामक सङ्ग्रहले नेपाली गजललाई व्यावसायिक बाटोमा डोर्‍याएको मानिन्छ । सडक गजल सङ्ग्रह रचना वाचनले २०७३ सालमा प्रकाशित गरेको हो ।

त्यसको ठिक ६ वर्षपछि खुडी प्रकाशन हुँदैछ ।
यो नेपाली गजल इतिहासमै प्रकासकले नै लगानी गरेर तेस्रो संस्करण प्रकाशन गरेको पहिलो गजल सङ्ग्रह भएको उनको दावी छ । संघर्ष पछिल्लो समय अछामी भाषा, कला, संस्कृति, साहित्यको विकास र संरक्षणमा समेत सक्रिय छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *