१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन



अछाम । अछामका गजलकार कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन भएको छ । खुडी सुदूर र कर्णाली प्रदेशमा प्रचलित शब्द हो जसको अर्थ पिँजडा भन्ने हुन्छ ।

यो गजल संग्रहभित्र समसामयिक परिवेशमा लेखिएका वैचारिक, राष्ट्रप्रेम, प्रेमिलका साथै केही अछामी भाषाका गजलहरु प्रकाशित छन् । नेपाली गजल साहित्यका चर्चित श्रष्टा संघर्षको खुडी दोस्रो गजलकृति हो ।

पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत २०७० (संयुक्त गजलसंग्रह), सडक २०७३ (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा कयौं फुटकर लेखरचना प्रकाशित छन् । संघर्षको पहिलो कृति ‘सडक’ सर्वाधिक बिक्रि भएको गजलसंग्रह हो ।

प्रथमपटक रचनावाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण तथा खुडी शिखा बुक्सले प्रकाशन गरेको हो ।
प्रज्ञाप्रतिष्ठानमा आयोजित विमोचन समारोहमा आख्यानकार अमर न्यौपाने, गजलकारहरु करुण थापा, शीतल कादम्बिनी, गजल अध्येता डाक्टर दीपक कुमार खड्का, समालोचक भरत रोदनले खुडीमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । विमोचनका अवसरमा संघर्षले खुडी भित्रका गजल सुनाएर समारोहलाई रंगिन बनाएका थिए ।

सत्य अभिव्यक्तिका गजल लेख्ने संघर्षले यसअघि अन्तराष्ट्रिय नेपाली गजल प्रतियोगिता २०७१ मा प्रथम हुनुका साथै उनले जोगमाया चापागाई राष्ट्रिय पुरस्कार २०७४ र मिरमिरे सम्मान २०६९ समेत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *