१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिमादमा सकारात्मक नेतृत्व तथा विकास व्यवस्थापन



काठमाडौं । तनहुँको भिमाद नगरपालिकाले कार्यपालिका सदस्यहरुलाई सकारात्मक नेतृत्व विकास तथा व्यवस्थापनमा दक्ष बनाउन थालेको छ । त्यसकालागि तीन दिनसम्म प्रशिक्षण दिइएको छ ।

ईस्टर्न रिसर्च ईस्टिच्युट अफ पोजिभि साईन्स (ईरिप्स) सँगको सहकार्यमा भिमादले पुस १५ गतेदेखि १७ गतेसम्म कार्यपालिका सदस्यहरुमा सकारात्मक सोच अभिवृद्धि गरी अत्यन्तै प्रतिकुलतामा पनि अवसर र संभावना खोजेर योजनावद्ध रुपमा पालिकाको विकासलाई मार्गनिर्देशन गर्ने क्षमताको अभिवृद्धि गरी नगरपालिको द्रुत तथा दिगो विकासमा योगदान दिने उद्धेश्यले यो प्रशिक्षण् दिइएको हो ।

यस नगरपालिका स्तरमा भएका सफलताहरु, सवल पक्षहरु, श्रोत तथा साधनहरुको पहिचान गरी ती सफलताहरु, सवल पक्षहरु, श्रोत तथा साधनहरुको समुचित सदुपयोग गर्दा प्राप्त हुने अवसर तथा संभावनाहरुको आँकलन गरिने छ ।

जसमा समावेशी एवम् सामाजीक न्याय सहितका बिकास नीति तथा कार्यक्रमहरुद्धारा जनताको दैनिक जिवनशैलीमा सकारात्मक रुपान्तरण ल्याउन, समग्र पालिकाको दिगो बिकास गर्न सकारात्मक नेतृत्व कलाको विकास गरेर पालिकाको विकासलाई वैज्ञानीक रुपमा व्यवस्थापन गर्दै पालिकावासीको जीवनमा गुणस्तरीय रुपान्तरण ल्याएर समग्र पालिकाको सकारात्मक रुपान्तरणलाई मार्ग निर्देश गर्ने विश्वास लिइएको नगर प्रमुख दधिराज सुवेदीले बताए ।

नगर उपप्रमुख शारदा खनालका अनुसार तालिमले आगामी दिनमा सकारात्मक सोचका साथ पालिकाको विकास नीति तर्जुमा गर्न अभिप्रेरित गरेको छ ।

तीन दिन सम्म सञ्चालित उक्त कार्यक्रमलाई ईस्टर्न रिसर्च ईन्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत डा. आर सी लामिछानेले सहजीकरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले जानकारी दिए ।

तालिमका सन्दर्भमा विहान ९ बजेदेखी बेलुका ७ बजेसम्म उत्साहका साथ सहभागी हुँदा सबै कार्यपालिका सदस्यहरुको जोस जागर वढेको र भिमाद नगरपालिकाको विकासका धेरै संभावनाहरु खोतल्न सकिएको कुरा वडा नं ६ का वडाअध्यक्ष श्याम कृष्ण जोशीले उल्लेख गरे ।

सकारात्मक सोचले त जीवनै वदल्दोरहेछ र अथाह संभावनाका ढोकाहरु खोल्न सक्दो रहेछ भन्ने यो तालिमले महशुश गराएर नयाँ जीवन प्राप्त भएको अनुभुति भएको कार्यपालिका सदस्य ईन्दिरा खड्काले बताइन् ।

राष्ट्रको पुन संरचना पश्चात स्थानीय तहको दिगो विकासको मुख्य जिम्मेवार निकायका रुपमा स्थानीय तहहरु रहेका छन । यी तहमा भएको नेतृत्वको सोच, व्यवहार र कार्यशैलीले नै स्थानीय तहको विकास र प्रभावकारीतालाई निर्देशित गर्दछ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *