६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. आर सी लामिछानेको ‘मुसुमुसु हास्दै बोल्ने’ गीत सार्वजानीक



काठमाडौं । डा. रामचन्द्र लामिछानेको मुसुमुसु हास्दै बोल्ने बोलको प्रेमगित सार्वजानीक भएको छ । यो गितमा सकारात्मक शक्ति र यसले जीवनलाई सफल बनाउन खेल्ने भुमिका बारे उल्लेख छ ।

विगत २० वर्ष देखी प्रसंसनीय खोज विधी (एप्रिसियटिभ ईन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. लामिछानेले यस अगाडी सकारात्मक सन्देश भएका उत्प्रेरणामुलक गित सार्वजनीक गराएका थिए ।

वरिष्ठ संगितकार बसन्त सापकोटाको संगित रहेको यो गितमा प्रेम परियारले स्वर दिएका छन भने संगित संयोजन विषम आचार्यले गरेका छन ।

यस अघि सकारात्मक उत्प्रेरणा जागाउने हामी सबैले सक्दछौ खुशी हुँदै फर्कन स्वदेशमा भन्ने नेपाली तथा ‘सकारात्मक सोचेके बा’ भन्ने भोजपुरी तथा एप्रिसियटिभ इन्क्वारीको नेपाली र अंग्रेजी गीत सार्वजानीक भैसकेका छन ।

डा. लामिछानेका गितहरु द इरिप्स (The Erips) नामक युटुव च्यानलमा सुन्न सकिन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *