८ माघ २०८१, मंगलबार | Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँखा पाक्नबाट जोगिन…



आँखा पाक्ने रोगबाट जोगिनका लागि कुनै वस्तु छोइसकेपछि वा समय–समयमा हात धोइराख्नुपर्छ । आँखालाई पटक–पटक हातले छोइरहनु हुँदैन । संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल वा अन्य कपडा घरका अरू सदस्यले प्रयोग गर्नुहुँदैन । 

आँखा पाकेका बिरामीले अस्पताल गएर सल्लाह सुझाव र औषधि उपचार गर्न सक्नुहुन्छ । कतिपय बिरामीले जथाभावी एन्टिबायोटिक औषधि प्रयोग गरेको पनि भेटिएको पाइन्छ । तर, डाक्टरको अनुमतिविना एन्टिबायोटिक प्रयोग गर्नुहुन्न । बरु आँखा शीतल पार्ने ड्रप (कृत्रिम आँसु) चाहिँ प्रयोग गर्न सकिन्छ ।

आँखा पाकेको कुन अवस्थामा के गर्ने वा कस्तो औषधि चलाउने भन्नेबारेमा चिकित्सकसँग सल्लाह लिँदा राम्रो हुन्छ । आँखा पाकेका बिरामीको आँखाको अवस्था कस्तो छ भनेर हामीले मेसिनको सहायताबाट हेरेपछि मात्रै थाहा पाउँछौँ ।

सोहीअनुसार उपचार र सुझाव दिन्छौँ । हाल फैलिरहेको एडिनो भाइरसको संक्रमण सामान्यतया दुई हप्ताको समयावधिमा आफैँ निको हुन्छ । कतिपयमा त्योभन्दा पनि छिटो निको हुन सक्छ । यो रोग लाग्दा आँखा रातो हुने, चिलाउने, परेलामा चिप्रा लाग्ने, आँखाको डिल सुन्निनेजस्ता लक्षण देखा पर्छन् । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *