१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभ्यास काव्ययात्रा



बाबुराम भुसालद्वारा रचित ‘अभ्यास काव्ययात्रा’ हालै सावर्जनिक भएको छ। संग्रहमा अधिकांश गद्य कविताहरूसहित केही पद्य कविता, गजल तथा गीतहरूसमेत गरी ५० वटा सिर्जना संग्रहित छन्।

गत वर्ष प्रकाशित भएको उनकै कृति ‘अभ्यास’मा उल्लेखित विषयवस्तुलाई नै सरलीकृत रूपमा र थप स्पष्ट पार्ने गरी काव्यात्मक स्वरूपमा ‘अभ्यास काव्ययात्रा’ आएको हो।

भुइँ तहमा रहेका मान्छेले भोगिरहेको दुरवस्था र शासकीय तहमा बसिरहेकाहरूबीचमा रहेको फराकिलो खाडललाई भुसालले रचनाहरूमार्फत स्पष्ट पार्ने कोसिस गरेका छन्। उनले आफ्ना रचनाहरूमा भावनात्मकतालाई भन्दा बढी तथ्यपरकता र वस्तुपरकतालाई जोड दिएका छन्।

१२० पृष्ठको संग्रहको मूल्य २८२ रुपैयाँ तोकिएको छ। संग्रह भुसाल आफैँले बजारमा ल्याएका हुन्।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *