२१ बैशाख २०८१, शुक्रबार | May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाँउपालिका अध्यक्ष बिसीको पारिश्रमिक जेहन्दार विद्यार्थीलाई



भैरबस्थान (अछाम) । अछामको तुर्माखाँद गाँउपालिका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहन्दार विद्यार्थीका लागि खर्च गर्न थालेका छन् । थाल्पाटाको बसुन्धरा माबि बाट उनले यो कामको सुभारम्भ गरेका हुन् ।

अध्यक्ष बिसीले विद्यालयमा सबैभन्दा बढी नतीजा ल्याएर उत्कृष्ट बनेका कक्षा १ का रमेशबहादुर बिक र रेमुका कुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५/१५ हजार नगद दिएका हुन् । उनीहरु दुबै जना ४ जिपिए नतिजा सहित विद्यालयमा उत्कृष्ट बनेका विद्यार्थी हुन् ।

अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मान पत्र समेत दिएका छन् । सम्मानपत्र बुझ्दै रमेशका आमाबुबा सर्मीला देबि बिक र पूर्णबहादुर बिक तथा रेमुकाका आमाबुबा साबित्री शाही (बुढा) र महेश बिसीले यो सम्मानले दुर्गमका सबै बालबालिकाको शिक्षामा पहुँच पु¥याउन प्रेरणा दिने बिस्वास लिएका छन् ।

तुर्माखाँद गाँउपालिका वडा नम्बर ३ भैरबस्थानको थाल्पाटामा रहेको बसुन्धरा माबिको ४८ औँ बर्षिकोत्सव समारोहमा अध्यक्ष बिसीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मनोबल बढाउन रमेश र रेमुकालाई आफ्नो पारिश्रमिक बापतको रकम दिएको भन्दै आगामी दिनमा बिपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरुलाई पढाइका लागि खर्च ब्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएका छन् ।

उनले यसै शैक्षिकसत्र भित्र गाँउपालिकाको निकै दुर्गममा रहेको वडा नम्बर १ रहफको बिन्द्रासैनी माबिका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पारिश्रमिक रकम दिने घोषणा समेत गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *