१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इतिहास पढ्न मनपर्छ



हिजोआज कामले गर्दा धेरै किताब पढ्न पाएको छैन । तर, समय मिलेसम्म किताब पढिरहन्छु । एक्लै यात्रा गर्नुप¥यो भने किताब बोकेर हिँड्छु । फिक्सनभन्दा पनि ननफिक्सन पढ्न अलि बढी मजा आउँछ । इतिहास पढ्न बढी मनपर्छ । केही समयअघि मात्रै विकासानन्दको जीवनी पढेँ । पछिल्लो समय भेषबहादुर थापाको एकतन्त्रदेखि गणतन्त्रसम्म पढिरहेको छु । 

बिपी कोइरालाको आत्मवृत्तान्त पढ्दा निकै मजा लागेको थियो । बिपीका प्रायः किताबहरू पढेको छु । डायमण्डशमशेरको बसन्ती पनि निकै मन परेको थियो । जंगबहादुरको बेलायत यात्रा निकै रमाइलो लागेको थियो । अचम्मकै मान्छे जन्मिनुभएको रहेछ भन्ने लाग्यो । यस्ता पुस्तक पढ्यो भने धेरै कुरा थाहा हुँदोरहेछ ।

धार्मिक पुस्तकमा पनि मलाई रुचि छ । गीता एकपटक पढिसकेँ । मलाई पढ्न मन छ । यसले कर्म महŒवपूर्ण छ भन्छ । महाभारत पनि फेरि पढ्न मन छ । महाभारतमा धेरै ज्ञान छ । मलाई बौद्धग्रन्थहरू पढ्न मन छ । 

नारायण वाग्लेको पल्पसा क्याफे पढ्दा निकै मजा आएको थियो । शिवा खेराको किताब ‘जित तपाईंको’ (यु क्यान विन) नेपाली भर्सनमा पढेँ । यो किताब पनि निकै राम्रो छ । फेरि पढ्न मन छ । बुद्धिसागर, अमर न्यौपानेलगायतका नेपाली लेखकको किताब पढिरहन्छु । मदन पुरस्कार पाएका पुस्तकहरू प्रायः पढिरहन्छु ।

मदनकृष्ण श्रेष्ठ दाइ, हरिवंश दाइका पुस्तक पनि पढेको छु । रुचि लागेका किताब किनेर पढ्छु । म आफैँ किताब किन्छु । म अरूलाई गिफ्ट दिइरहन्छु । मेरी छोरी पनि अध्ययनकी पारखी हुन् । उनी अंग्रेजी उपन्यासहरू पढ्न रुचाउँछिन् । उनका लागि पनि पुस्तकालयतिर गइरहन्छु ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *