२२ मंसिर २०८२, आइतबार | Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा अन्तरपालिका महिला भलिबल प्रतियोगिता सुरु



ढकारी । अछाममा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । ढकारी गाउँपालिकाको आयोजनामा ढकारीको बुडासैन खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको शनिवार जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरले उद्घाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा जिल्लाको मंगलसेन, साँफेबगर, पञ्चदेवल बिनायक र कमलबजार नगरपालिका तथा ढकारी, मेल्लेख, चौरपाटी र तुर्माखाँद गाउँपालिकाका नौ वटा महिला खेलाडी समुहको सहभागिता रहेको छ ।

यही मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अन्य सात स्थानीय तहका एक/एक समुहले प्रतिस्पर्धामा भाग लिने छन् भने आयोजक ढकारीका दुई टिमले भाग लिएका छन् । जिल्लाको रामारोशन र बान्नीगढी जयगढ गाउँपालिकाले भने यो प्रतियोगितामा भाग लिएका छैनन् । यो प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः एक लाख ११ हजार १११, ८१ हजार पाँचसय, ५१ हजार, १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा ढकारीलाई हराउँदै मेल्लेख विजयी भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत प्रत्येक वर्ष आयोजना गरिदै आएको यो प्रतियोगिता आगामी वर्ष जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा हुनेछ ।

दक्ष खेलाडी उत्पादनमा जनप्रतिनिधिद्धारा प्रतिवद्धता
बुडासैन खेल मैदानमा भएको उद्घाटन समारोहमा जिल्लाका अधिकाशं जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले खेल क्षेत्रको विकास र दक्ष खेडाली उत्पादनमा विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रमुख अतिथिका रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कुवँरले खेलकुदको विकासका लागि भौतिक संरचना सँगै खेलाडीको क्षमता विकासका कार्यक्रम तय गर्न स्थानीय तहहरुलाई सुझाब दिए । उनले घर दैलोमै राज्य आइपुग्दा पनि अझै खेलाडीका आवश्यकता पहिचान नहुनु चिन्ताको विषय भएको उल्लेख गरे ।

पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले छोरीहरु घर छाडेर खेल मैदानमा उत्रिनुपनि एक प्रकारशको शक्ति प्रदर्शन भएकाले यसले हिंसा अन्त्यमा मद्दत पुग्ने बताइन् । विशेषगरी महिला खेलाडीलाई हौसला प्रदान गरी उनीहरुलाई थप दक्ष बनाइने उनको प्रतिवद्धता छ ।

जिल्लाको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले अछामले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेकाले अब अन्तराष्ट्रिय स्तरमा पनि पहुँच विस्तार गर्न खेलाडीहरु सँग आग्रह गरे । त्यसका लागि जिल्लाका सबै स्थानीय तहहरु लगानी गर्न तयार रहेको उनले बताए ।

आयोजक पालिका ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफुले खेल क्षेत्रको विकासका लागि सुरु देखि नै पहल गर्दै आएको भन्दै खेलमा समृद्धि ल्याउनेगरी थप पहल गर्ने बताए । उनले पालिकाका प्रत्येक वडामा खेल सम्बिन्ध गतिविधिलाई निरन्तरता दिइने समेत उल्लेख गरे ।

जिल्लाको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुवँर, चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउद, मंगलसेनका उपप्रमुख संगीता रावल, कमलबजारका उपप्रमुख शारदा विष्ट, पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले पनि खेलकूदको विकासका लागी लगानी लगाउन तयार रहेको उल्लेख गरे ।

राजनीतिक दलका तर्फबाट कांग्रेसका सुरतबहादुर विष्ट, नेपाली कम्युनिष्ट पार्टीका तुलाराम उपाध्याय, नेकपा माओवादीका लोकेन्द्र शाही र सम विकासका कार्यकारी निर्देशक पशुपति कुवँर लगायतले पनि खेल क्षेत्रको विकासमा बाधक नबन्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, शनिबार  ४ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *