५ मंसिर २०८३, शुक्रबार | Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय खेलकुदका लागि छनोट भएका अछामका १६ खेलाडीलाई जिल्ला खेलकुद समितिको बधाई



अछाम । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुन सफल अछामका १६ जना खेलाडीलाई जिल्ला खेलकुद समिति अछामले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल जिल्लाका खेलाडीहरूलाई समितिले बधाई दिएको हो।

समितिका अनुसार भलिबल, कबड्डी, एथलेटिक्स, बक्सिङ, पौडी, बास्केटबल र क्रिकेट विधाबाट गरी १६ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।

छनोट हुनेमा भलिबलतर्फ अर्जुनराज ढुंगाना, सुनिल ठकुल्ला, मिलन शाह, अनामिका कुँवर र ललित बटाला, कबड्डीतर्फ दीक्षा शाह, एथलेटिक्सतर्फ स्वस्तिका शाह र कमलराज तिमिल्सेना, बक्सिङतर्फ विनोद नगार्जी, लोकेन्द्र मडै र भागरति कुमारी साउँद रहेका छन्।

त्यस्तै, पौडीमा सुप्रया रावल, बास्केटबलमा शुसिल ताम्राकार र धिरेन्द्रबहादुर बुढा तथा क्रिकेटमा रविना साउँद र मदन शाह छनोट भएका छन्।

जिल्ला खेलकुद समिति अछामका अध्यक्ष गोकुलबहादुर शाह र कार्यालय प्रमुख हर्कबहादुर साउँदले छनोट भएका खेलाडीहरूको मेहनत र सफलताको प्रशंसा गर्दै राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनु भएको छ ।

समितिले खेलाडीहरूको सफलताले जिल्लाको खेलकुद क्षेत्रको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगितामा थप सफलता हासिल गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  ७ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *