जाजरकोट। भेरी–१ रिम्नाकी पूर्णकला रानालाई परिवारका लागि खानेपानीकै जोहो गर्ने पिरोलोले सताइरहन्छ। कात्तिक १७ को भूकम्पले पानीका मुहान सुकेपछि रिम्ना गाउँमा पानीको हांहाकार छ। पिउनेदेखि शौचालय जान र पशुचौपायालाई खुवाउने पानीको जोहो गर्नै यहाँको बासिन्दालाई धौ–धौ छ। ‘बिहान–बेलुका खानेपानी जुटाउँदैमा समय बित्छ’, पूर्णकलाले भनिन्, ‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुला शौच गर्न बाध्य छौं।’ गाउँदेखि…