नुवाकाेट । विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह सक्रिय छ । यो गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गौला बिक्री गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गाउँकै स्थानीयलाई प्रयोग गरी गिरोहले रोजगारीको प्रलोभनमा भारतको कोलकाता लैजाने र झुक्याएर मिर्गौला निकाल्ने गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।…