काठमाडाैं । सत्तारूढ गठबन्धनको ठूलो दल एमालेले मन्त्रालय बाँडफाँटमा सम्झौता गरेको छ । बजेट र शक्ति परिचालनसँग जोडिएको मन्त्रालयमाथि दाबी छाडेर एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सामेल भएको छ । एमाले नेताहरूले नयाँ गठबन्धनको स्थायित्वका लागि सरकारमा सामेल अन्य दलहरूको रुचि र प्रधानमन्त्रीलाई बलियो बनाउने गरी यस्तो निर्णय लिइएको बताएका छन् । प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा उपप्रधानमन्त्रीसहित महासेठ…