काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई ऐतिहासिक सफलता मिलेको बताएका छन्। पेरिसडाँडामा शनिबार सम्पन्न स्थायी कमिटीमा बैठकमा उनले पार्टीको विशेष रुपान्तरण अभियानले ऐतिहासिक सफलता मिलेको ब्रिफिङ गरेका हुन्। संसदीय निर्वाचनअघि त्यसखालको अभियान पार्टीले चलाउन नसकेको उनले बताएका थिए। 'निर्वाचनअघि यसखालको अभियान चलाउन सकेको भए नतिजा अहिलेभन्दा राम्रो हुनेथियो,' प्रचण्डले बैठकमा…