४ बैशाख २०८१, मंगलबार | Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.लामिछानेको एप्रिसिएटिभ ईन्क्वारीको अंग्रेजी गीत सार्वजानीक



काठमाडौं । एप्रिसिएटिभ ईन्क्वारी बोलको अंग्रेजी गीत सार्वजानीक भएको छ । यो गीत डा. राम चन्द्र लामिछानेले लेखेका हुन् ।

उनी विगत २० वर्ष देखी प्रसंसनीय खोज विधी (एप्रिसियटिभ ईन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका छन् ।

यो गीतले व्यक्ति तथा संस्थाहरुको सवल पक्षहरु तथा सफलताका कारणहरु खोजी नयाँ लक्ष्य निर्धारण गरेर मानिसको जीवन तथा संस्थाको नयाँ मार्ग चित्र वनाएर सोही मुताविक कार्य योजना वनाई कार्यान्वयन गरेर व्यक्तिको जीवन तथा संस्थामा आमुल सकारात्मक रुपान्तरण आउछ भन्ने सन्देश दिएको छ ।

व्यक्ति वा संस्थामा रहेका सकारात्मक तत्वहरु तथा सफलताका कारणहरु तथा सफलता तर्फ उत्प्रेरणा गर्ने जीवदायी उर्जाहरु एवम् भविष्यका चाहनाहरुको पहिचान गरी भविष्यको मार्गचित्र निर्माण गरी ती मार्गचित्रलाई साकार पार्न आवश्यक पर्ने संरचना तथा कार्ययोजनाको तयार सोही मुताविक जीवन वा संस्थालाइ अगाडी वढाउने विधीलाइ एप्रिसियटिभ इन्क्वारी भनिन्छ ।

सन १९८८ मा अमेरीकाको केसवेस्टर्न विश्वविद्यालयको वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसर डेभिड कुपरराइडरले यस विधीलाइ प्रतिपादन गरेका थिए । डा. लामिछानेले सन् २००७ मा यसै विश्वविद्यालयवाट सर्टिफिकेशन कोर्स समेत गरेका थिए भने विद्यावारीधीको क्रममा यस विधीको प्रयोग समेत गरेका थिए ।

लामो समय देखी योजना तर्जुमा, शान्ती निर्माण कर्ता, सञ्चार तथा प्राकृति श्रोत साधन व्यवस्थापनका क्षेत्रमा योगदान दिदै आएका डा. लामिछानेले आफुले तालिम, अनुसन्धान तथा योजना तर्जुमा प्रकृयामा प्राप्त अनुभवहरुलाइ सँगालेर यो गीत तयार पारेका हुन् ।

प्रसंसनीय खोजको नेपालका विभिन्न जिल्ला तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रशिक्षण दिदै आएका लामिछानेले जीवन रुपान्तरण गर्न चाहने सबैका लागि यो गित मार्गनिर्देशक हुने बताएका छन् ।

एप्रिसिएटिभ इन्क्वारीको सञ्जाल संसार भरी नै भए पनि यस विषयको यो नै पहिलो अंग्रेजी गित रहेको समेत डा. लामिछानेको दाबी छ ।

यस अघि लामिछानेले यहीँ गीतलाई नेपालीमा प्रस्तुत गरेका थिए । एप्रिसिएटिभ इन्क्वारीको प्रत्येक तीन वर्षमा विश्व सम्मेलन हुने गरेको छ ।

सन् २००९ मा चौथो विश्व सम्मेलन नेपालमा भएको थियो भने तत्कालिन राष्टपति सम्माननीय डा. राम बरण यादवले सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।

त्यस सम्मेलनमा विश्वका ४२ देशका करिव ४०० जना सहभागी थिए । डा. लामिछाने आयोजक संस्था परिकल्पना नेपालका महासचिव थिए भने सम्मेलनका संयोजक पनि थिए ।

२०१२ मा बेल्जीयमको गेन्ट शहरमा भएको पाँचौ सम्मेलनमा डा. लामिछाने सहभागी भएका थिए भने सन् २०१५ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको छैटौ विश्व सम्मलेनमा अतिथी बक्त्ताको रुपमा समेत सहभागी भएका थिए ।

सन २०१२ मा चिनको सियान शहरमा डा. लामिछाने ले नै एप्रिसियटिभ इन्क्वारी भित्रयाएका थिए भने ततपश्चात चीनमा निरन्तरमा रुपमा लामिछानेका तालिमहरु सञ्चालन हुँदै आएका छन ।

देश भित्र र वाहिर गरेर करिव ४०० भन्दा वढी कार्यशाला तथा तालिमहरु सञ्चालन गरेका लामिछानेले कामको शिलशिलामा नै यो गित तयार भएकोले यस गितले सहभागीहरुलाइ विषय वस्तु वुझ्न सहज हुने तर्क गरे ।

वरिष्ठ संगितकार नरहरी प्रेमीको संगित रहेको यस गितमा संगीतकार नरहरी प्रेमी र सुजीता राई तथा साथीहरुको स्वर रहेको छ ।

यस अघि सकारात्मक उत्प्रेरणा जागाउन हामी सबैले सक्दछौ र खुशी हुँदै फर्कन स्वदेशमा तथा सकारात्मक सोचेके बा भन्ने भोजपुरी गीत तथा यस अंग्रेजी गीतको नेपाली संस्करण सार्वजानीक भैसकेका छन । डा. लामिछानेका गितहरु द इरिप्स (The ERIPS) नामक युटुव च्यानलमा सुन्न सकिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  २ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *