काठमाडौं । अबिरल वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँमा पहिरोले भत्काउदा सवारी साधन आवागमन बन्द भएको छ ।बाढीले हेलम्बुको चनौटेमा सडक भत्काएको छ । जुन ठाउँमा गत वर्षको बाढीपछि मर्मत गरिएको थियो । ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक भत्कीएको छ ।बाटाहरु अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको…