१५ माघ २०८२, बुधबार | Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्य जिम्मेवार नहुँदा छिटो विवाह



नेपाल जातीय, धार्मिक, सांस्कृतिक विविधताले भरिएको मुलुक हो । जातीय, धार्मिक, सांस्कृतिक रूपमा विवाहको चलन पनि फरक–फरक छ । कतिपय जाति र धर्ममा अझैपछि  विवाह छिट्टै हुँदै आएको छ । कतिपय समाजमा  त छोरीको चाँडै विवाह  प्रतिष्ठाको विषय नै हुन्छ । 

परिवारको इज्जत, प्रतिष्ठाका लागि पनि छिटो विवाह गराइन्छ । छोरीको विवाह ढिलो हुँदा नाक काटिन्छ भन्ने मान्यता हाम्रो समाजमा व्याप्त छ । कानुनी रूपमा विवाह गर्ने उमेर २० वर्ष हो । मुलुकी अपराध संहितामा २० वर्ष नपुगी विवाह गरेमा दण्ड सजायको व्यवस्था छ । 

नेपालको संविधानले उमेर नपुगी विवाह गर्न निषेध गरेको छ । तर, कानुन बन्दैमा यो स्वाट्टै घटिहाल्छ भन्ने पनि छैन । त्यसको कार्यान्वयनको पाटो पनि हेर्नुपर्छ । कार्यान्वयन एकदमै फितलो छ । कतिपय समाजमा अझै विवाहको उमेरका बारेमा जानकारी नै नभएको हुन सक्छ ।  

पछिल्लो समय समाज खुला भएको छ ।  सूचना प्रविधिको विकाससँगै फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । हाम्रा छोराछोरीलाई छिटो विवाह गर्दा पर्ने नकारात्मक असरको बारेमा सचेतना छैन । कानुनको पनि जानकारी छैन । बहकिएर सानै उमेरमा भागी विवाह गर्छन् । उनीहरूलाई सानैमा विवाह गर्दा के असर पर्छ, कति दुःख पाइन्छ, स्वास्थ्यमा के हानि हुन्छ भन्ने ज्ञान छैन र हामीले पनि त्यो सिकाउन सकेका छैनौं । कतिपय समाजमा अभिभावकले विवाह गरेर पठाइदिने चलन त छँदैछ । तर उमेर नपुग्दै आफंै भागी विवाह गर्ने क्रम भने  बढ्दो छ ।  

राज्यले नीति निर्माण त गर्छ तर त्यसको सही कार्यान्वयनमा जिम्मेवार नहुँदा बालविवाह भइरहेका छन् । छिटो विवाह गर्दा हुने कानुनीदेखि सामाजिक पाटोसम्मका विषय तल्लो तहसम्म पुर्याउनु पर्छ । यस विषयमा सबैलाई सचेत बनाउनु पर्छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *